fbpx

लागूऔषध सहित ३ जना पक्राउ


Share This

नेपालबहस संवाददाता    

काठमाडौं । काठमाडौं महानगरिय प्रहरीले लागुऔषध सहित चेकजाँच गर्ने क्रममा ३ जनालाई शनिबार पक्राउ गरेको छ ।

मकवानपुर कालीकपुर बस्ने २३ वर्षीय मनोज तामाङ र झापा दुवागढी-८ चारआली घर भएका २० वर्षीय राजेश भुजेललाई लागूऔषध डाइजेल्याप ४ सय एम्पुल, नोर्फिन ४ सय एम्पुल र फेनारगन ४ सय एम्पुल सहित प्रहरीले पक्राउ गरेको बताएको छ ।

काठमाडौं महानगरपालिका-१६ पक्नाजोल स्थित सडकमा प्रहरीले बा ३१ प ९०२५ नम्बरको मोटरसाईकल जाँच गर्दा चालक मनोज तामाङ र मोटरसाईकलमा सवार भुजेललाई उक्त लागूऔषध सहित फेला पारी नियन्त्रणमा लिएको हो ।

यसैगरी काठमाडौं महानगरपालिका-२६ सामाखुसी रेडन पुलमा प्रहरीले जाँच गर्ने क्रममा मकवानपुर भिमफेदी गाउँपालिका-४ घर भएका २० वर्षीय अरबिन्द हमाललाई पाइन्टको बगलीमा लुकाई छिपाई राखेको खैरो हिरोइन जस्तो देखिने धुलो पदार्थ १ ग्राम ३० मिलीग्राम सहित फेला पारी शनिबार नियन्त्रणमा लिएको छ । यस सम्बन्धमा स्थानिय प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

तपाईको प्रतिक्रिया