fbpx

मध्यरातमा विद्युत चोरी गर्ने ११ जना प्रक्राउ


Share This

नेपालबहस संवाददाता    

दाङ । दाङको फूलवारीमा मध्यरातमा विद्युतको मेनलाइनबाट विद्युत चोरी गर्ने ११ जनालाई प्रहरीले आइतबार राती प्रक्राउ गरेको छ ।

तुलसीपुर विद्युत प्राधिकरणका प्रमुख दिपकजंग चौधरीले फूलवारी क्षेत्रमा व्यापक मात्रामा विद्युत चोरी हुने गरेको सूचनाका आधारमा अनुगमनमा जाँदा आइतबार राति ११ जना पक्राउ परेको जानकारी दिए ।

मध्यराति हुकिङ गरेर विद्युत चोरी गर्दै आएका, मिटर बक्स विना नै कालो तारमार्फत विद्युत चोरी गर्दै आएका व्यक्तिहरुलाई पक्राउ गरेर ल्याएको चौधरीले बताए ।

पक्राउ गरिएका ११ जनालाई ईलाका प्रहरी कार्यालय तुल्सीपुरमा राखिएको छ ।

तपाईको प्रतिक्रिया