fbpx

हतियार सहित १ जना पक्राउ


Share This

नेपालबहस संवाददाता    

नवलपरासी । नवलपरासीको ‘बर्दघाट सुस्ता पश्चिम’ बाट प्रहरीले हतियार सहित एक जनालाई आइतबार पक्राउ गरेको छ ।

साउनबर्दघाट नगरपालिका–१० भुताह बस्ने ३१ वर्षीय किशोर आचार्यलाई मेड इन युएसए लेखेको पेस्तोल १ थान र खुँडा १ थान सहित आइतबार साझ प्रहरीले पक्राउ गरेको छ ।

सोही नगरपालिका–४ टिसिएन चोकस्थित राजमार्गमा ईलाका प्रहरी कार्यालय बर्दघाटको प्रहरीले आचार्य सवार बा.९ च ९९६ नम्वरको कारलाई जाँच गर्दा अगाडिको सिटमा लुकाई छिपाई राखेको अवस्थामा उक्त हतियार बरामद भएपछि उनलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

तपाईको प्रतिक्रिया