fbpx

छानविनमा गएको टोली रित्तै हात फर्कियो


Share This

नेपालबहस संवाददाता    

जुम्ला । अस्पतालमा भएको घटनाको छानविन गर्न जुम्ला पुगेको डिआइजीसहितको टोली घटना स्थलै नपुगी रित्तै हात फर्किएको छ ।

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा अनसनरत डा. गोविन्द केसीलाई सरकारले जवरजस्ती काडमाडौं लैजादा भएको घटनाको छानविन गर्न डिआइजीको टोली आइतवार दिउँसो जुम्ला पुगेको थियो ।

अस्पतामा के भएको थियो भन्ने छानविन गर्न नेपाल प्रहरीका डिआइजी सुरेन्द्र विक्रम शाह, एसपी केदार रजौरे र डिएसपी चुडामणि बुढाथोकीको तीन सदस्यीय छानविन टोली जुम्ला पुगेपनि सरोकारवाला कसैसंग पनि नभेटेरै फर्किएको छ ।

आइतवार दिउँसो जुम्ला पुगेको टोली अस्पताल, नागरिक समाज, स्थानीय र पत्रकारहरुसंग भेटघाट नै नगरी फिर्ता भएको हो । सोमवार दिउँसो उनीहरु जुम्लाबाट फिर्ता भएका हुन् ।

अस्पताल जस्तो संवेदनशील क्षेत्रभित्र प्रहरीले बल प्रयोग गरेको घटनालाई लुकाइ छिपाइ गर्नका लागि उनीहरु कसैसंग पनि छलफल नगरेको हुन सक्ने नागरिक समाजका अध्यक्ष राजबहादुर महतले बताए ।

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पनि छानविनका लागि कुनै टोली नआएको अस्पताल प्रशासनले जनाएको छ ।

तपाईको प्रतिक्रिया