fbpx

चोरीको सामन सहित २ जना पक्राउ


Share This

नेपालबहस संवाददाता    

काठमाडौं । रातीको समयमा चोरी गर्ने एक जनालाई प्रहरीले चोरीको सामान सहित पक्राउ गरेको छ । चन्द्रगिरी नगरपालिका ‍- ११ सतुंगल स्थित श्रेष्ठ खाजा घर एण्ड रेष्टुरेण्टमा मिति साउन २ गते रातको समयमा चोरी भएको जानकारी प्राप्त भएपछि प्रहरीले चोरीको सामान सहित एक जनालाई पक्राउ गरेको छ ।

प्रहरीले खोजतलासी गर्दा उक्त खाजा घरबाट चोरी गर्ने धादिङ, गल्छी नगरपालिका – ९ घर भइ अहिले चन्द्रागिरी नगरपालिका – ११ सतुंगल बस्ने बर्ष २३ को बिजय खड्कालाई पक्राउ गरेको छ ।

पक्राउ परेका खत्रीको साथबाट प्रहरीले झोला १ थान, Fast Track लेखेको हाते घडी १ थान, धातुको जस्तो देखिने औँठी १ थान, ग्रिन भ्याली बचत तथा ऋण सहकारी संस्थाको १ लाखको हस्तक्षर सहितको १ थान चेक र कालिका देवी कृषि बहुउद्धेश्यीय एकता समुहको बचत १ थान पासबुक सहित प्रहरीले पक्राउ गरेको छ ।

यसैगरी, काठमाण्डौ महानगरपालिका-१, नक्साल स्थित घरबाट धनमाल चोरी गरि भाग्दै गरेको अवस्थामा कैलाली, टिकापुर घर हुने बर्ष १८ को पारस थापालाई स्थानीयको सहयोगमा प्रहरीले नियन्त्रणमा लिएको छ ।

थापाको साथबाट चोरी गरेको सामान घडी ७ थान, चाँदी ब्रासलेट १ थान,H.P. Company को ल्यापटप १ थान र विभिन्न कम्पनीको मोबाईल ६ थान बरामद गरेको छ । घटनाको सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

तपाईको प्रतिक्रिया