fbpx

ट्रक र मोटरसाइकल एक आपसमा ठोक्किदा युवकको मृत्यु


Share This

नेपालबहस संवाददाता    

दमौली । पुथ्वीराजमार्गमा पर्ने तनहुँको आबुखैरेनी–२ मार्कीचोकमा मंगलबार ट्रक र मोटरसाइकल एक आपसमा ठोक्किदा एक युवकको मृत्यु भएको छ ।

आबुखैरेनीबाट डुम्रेतर्फ आउँदै गरेको ना ४ ख ५३५५ नम्बरको ट्रक र विपरित दिशाबाट जादै गरेको ग ६ प २९७८ नम्बरको मोटरसाइकल एक आपसमा ठोक्किदा भानु नगरपालिका मिर्लुङका २९ वर्षीय मञ्जित गुरुङको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।

दुर्घटनामा परी गम्भीर घाइते भएका गुरुङको भरतपुरमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले बताएको छ ।

तपाईको प्रतिक्रिया