fbpx

बलेरो दुर्घटना हुँदा कर्मचारीको मृत्यु, इन्जिनियर सख्त घाइते


Share This

नेपालबहस संवाददाता    

काठमाडौं । तामाकोसी गाउँपालिकास्थित भिरकोट माझी गाउँमा एक निजी बलेरो दुर्घटना हुँदा जिल्ला समन्वय समिति दोलखामा कार्यरत नायव सुब्बा मनोहरि थापाको मृत्यु भएको छ ।

चरिकोटबाट काठमाडौं जान लागेको बा १८च ५४२० नम्बरको फुलबडी बलेरो मंगलबार अपराह्न पौने चार बजे सडकबाट करिब २० मिटर तल खस्दा भीमेश्वर नगरपालिका कुप्रीका थापाको घटनास्थलमै मृत्यु भएको हो । जिल्ला समन्वय समिति प्रमुख डबल पाण्डेका अनुसार उक्त समितिमा कार्यरत इन्जिनियर नारायण शिवाकोटी सख्त घाइते भएका छन् ।

घुम्तीमा चालकले नियन्त्रण गुमाएपछि दुर्घटना भएको हो । चालक पनि घाइते भएपछि दुवै जनालाई उपचारका लागि काठमाडौं लगिएको दोलखा प्रहरीले जनाएको छ ।

तपाईको प्रतिक्रिया