fbpx

बाल यौन दुराचारमा संलग्न दुई फ्रासेली पक्राउ


Share This

नेपालबहस संवाददाता    

काठमाडौं । विपन्न परिवारका बालकहरुलाई प्रलोभनमा पारी बाल यौन दुराचारमा संलग्न भएको आरोपमा दुई फ्रान्सेली नागरिकलाई प्रहरीले पक्राउ गरेको छ ।

फ्रान्सेली नागरिकहरु ४२ वर्षिय क्रिस्टोफे गुईलक्स र ३८ वर्षिय डेनिस म्याथियु माईकेल चुपाउलाई प्रहरीले विशेष सुचनाका आधारमा पक्राउ गरेको हो ।

उनीहरुलाई जबरजस्ती करणी महलको बाल यौन दुराचार अपराध अन्तर्गत मुद्दा दर्ता गरी अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ । उनीहरुबाट पिडित हालसम्म आठ जना सम्पर्कमा आएको र थप उजुरी आउने क्रम जारी रहेको प्रहरीले जनाएको छ ।

तपाईको प्रतिक्रिया