fbpx

हत्या अभियोगमा फरार अभियुक्त पक्राउ


Share This

नेपालबहस संवाददाता    

भक्तपुर । भक्तपुर जिल्ला अदालतले हत्या अभियोगमा दोषी ठहर गरी फरार भएका अभियुक्तलाई तीन वर्षपछि प्रहरीले पक्राउ गरेको छ ।

विसं २०७२ असार २२ गते चाँगुनारायण नगरपालिकाका–३ बस्ने ७० वर्षीया गौतम हमालको हत्या गरी फरार रहेका २४ वर्षीया सन्जोग मल्ल ठकुरीलाई महानगरीय प्रहरी परिसर भक्तपुरले निजकै घरबाट पक्राउ गरेको प्रहरी नायब उपरीक्षक रेवतीरमन पोखरेलले जानकारी दिए ।

भक्तपुर जिल्ला अदालतले दोषी ठहर गर्दै ठकुरीलाई १० वर्ष कैद सजाय हुने फैसला गरेपछि पक्राउ गरी भक्तपुर जिल्ला अदालतलाई बुझाएपछि अदालतको आदेशअनुसार ठकुरीलाई बुधबार अपराह्न डिल्लीबजार कारागार चलान गरिएको पोखरेलले बताए ।

तपाईको प्रतिक्रिया