fbpx

विभिन्न ३१ वटा चोरी मुद्दाका फरार प्रतिवादी पक्राउ


Share This

नेपालबहस संवाददाता    

काठमाडौं । विभिन्न ३१ स्थानमा चोरी गरेर फरार रहेका एक ब्यक्तिलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो सिआइबीले पक्राउ गरेको छ।नुवाकोट ककनीका ४९ वर्षीय गणेश बहादुर सुनुवारलाई प्रहरीले बुधबार ककनीबाटै पक्राउ गरेको हो।

सुनुवारलाई काठमाडौं जिल्ला अदालतले २०७२ चैत २४ गते विभिन्न ३१ वटा मुद्दाहरुमा रु ३४ लाख ७२ हजार पाँच सय ९१ रुपैया जरिवाना गरेको थियो। तर उनी जरिवाना नतिरि फरार रहँदै आएका थिए। उनलाई ब्यूरोको टोलिले पक्राउ गरी काठमाडौं जिल्ला अदालतमा पेश गरेकोमा अदालतको आदेशले कैद भुक्तानको लागि केन्द्रीय कारागार कार्यालय सुन्धारा पठाएको छ।

सुनुवार समेत ४ जनाले काठमाडौंका बिभिन्न स्थानबाट, विभिन्न व्यक्तिहरुको सुनको सिक्रि गरगहना तथा धनमालहरु जवरजस्ती लुटी चोरी गरेको र उक्त चोरी गरेका गहनाहरु गणेशबहादुर सुनुवारले संचालन गरेको पन्चकन्या ज्वेलर्समा लगी प्रचलित मुल्य भन्दा कम मुल्यमा बिक्री गरेको प्रहरीको भनाई छ।

तपाईको प्रतिक्रिया