fbpx

लुटपाट गरेको अभियोगमा ५ जना पक्राउ


Share This

नेपालबहस संवाददाता    

काठमाडौं । लुटपाट गरेको अभियोगमा काठमाडौं महानगरपालिका २६ गोगंबु स्थित बिजी महलमाबाट प्रहरीले ५ जनालाई पक्राउ गरेको छ ।

अमर ज्वेलर्स संचालक सुनसरी धरान उपमहानगरपालिका-१७ घर भएका अम्मर वि।क। सहित ५ जनालाई प्रहरीले गोगंबु स्थित बिजी महलमाबाट पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा टोखा नगरपालिका-९ स्थित राप्ती पाहुना घर गेष्ट हाउसको कोठा नम्बर २०२ मा बसेका रुकुम भुईन्चे गाउँपालिका घर भई हाल दाङ घोराही-१५ बस्ने ५२ बर्षीय खड्कप्रसाद सुनारको १ के.जी सुन, नगद २ लाख १७ हजार रुपैयाँ, ३ थान मोबाइल, नागरिकता र विभिन्न बैंकको चेक तथा कागजपत्रहरु बुधबार लुटपाट भएको घटनाको अनुसन्धानको क्रममा प्रहरीले उनीहरूलाई बिहीबार सोही ज्वेलर्सबाट पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

तपाईको प्रतिक्रिया