fbpx

काठमाडौंबाट पोखरा हिडेको बस त्रिशुलीमा खस्यो


Share This

नेपालबहस संवाददाता    

काठमाडौं । काठमाडौँबाट पोखरातर्फ जाँदै गरेको बस शुक्रबार बिहान त्रिशूली नदीमा खसेको छ । चितवनको इच्छाकामना गाउँपालिका–३ तुम्लिङटारमा ना६ख २५०६ नं को बस विपरित दिशाबाट आउँदै गरेको ना५ख ७४०९ नं को ट्रकसँग ठोक्किएपछि बस त्रिशूलीमा खसेको हो ।

अहिलेसम्म २३ जनाको उद्धार गरिएको छ । अन्य यात्रुको उद्धार गरिरहेको प्रहरी नायव उपरीक्षक प्रभूप्रसाद ढकालले जानकारी दिए । बसमा नदीमा खसेपछि हताहती र घाइतेको विवरण अहिलेसम्म उपलब्ध हुन सकेको छैन ।
रासस

तपाईको प्रतिक्रिया