fbpx

नहरमा डुबेर एकको मृत्यु


Share This

नेपालबहस संवाददाता    

नुवाकोट । त्रिशूली जलविद्युत गृहको नहरमा डुबेर एकको मृत्यु भएको छ। विदुर नगरपालिका-९ का ५० वर्षीय ईश्वरनारायण श्रेष्ठको घर नजिकै रहेको नहरमा डुबेर मृत्यु भएको जिल्ला प्रहरी कार्यलय नुवाकोटका प्रहरी प्रमुख तथा प्रहरी उपरीक्षक वसन्तबहादुर कुंवरले जानकारी दिए।

श्रेष्ठको शव पोष्टमार्टम गरी आफन्तको जिम्मा लगाइएको र घटनाको थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय नुवाकोटले जनाएको छ।

तपाईको प्रतिक्रिया