fbpx

धनमाल लुटपाटको अभियोगमा पक्राउ


Share This

नेपालबहस संवाददाता    

भक्तपुर । धनमाल लुटपाट गरेको अभियोगमा भक्तपुर च्यामासिंह बस्ने सिन्धुपाल्चोक बलेफ गाँउपालिका-५ का १८ बर्षीय अनिष तामाङलाई भक्तपुरस्थित छायाँबस्तीबाट शनिबार प्रहरीले पक्राउ गरेको छ ।

फेसबुकबाट चिनजान भएका रमेश तामाङसँग नगरकोट घुम्न गएकी काठमाडौं जोरपाटी बस्ने मोरङ टाडी गाउँपालिका-४ की ३२ वर्षीया महिलाको आधा तोलाको सुनको सिक्री, १ थान मोबाईल र नगद ४ हजार ५ सय रुपैयाँ रमेश, अनिष र अर्का एक जना मिलेर लुटपाट गरेको खुल्न आएपछि लुटेराहरुको खोजी गर्ने क्रममा लुटिएको सिक्री सहित अनिषलाई प्रहरीले पक्राउ गरेको हो ।

लुटपाटका संलग्न अन्य दुई जनाको प्रहरीले खोजी गर्नुका साथै यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ ।

तपाईको प्रतिक्रिया