झुक्काई सक्कली भनि नक्कली चाँदीको पाउजु बेच्ने पक्राउ


Share This

नेपालबहस संवाददाता    

मोरङ । करीब ७ तोलाको नक्कली चाँदीको गर गहना सहित प्रहरीले एक जनालाई पक्राउ गरेको छ । बुढीगंगा गाउँपालिका-२ गंगाचोकबाट भारत अररिया अमडा पञ्चायत-५ बस्ने २५ बर्षीय जमशेर आलमलाई नक्कली चाँदीका गहना बिक्री गर्न लागेको अवस्थामा प्रहरीले पक्राउ गरेको छ ।

सोही चोक बस्ने २५ बर्षीय तारा ऋषिदेवलाई झुक्काई सक्कली भनि नक्कली चाँदीको पाउजु बिक्री गर्न लागेका जमशेरलाई करीब ७ तोलाको नक्कली चाँदीको १ जोर पाउजु र ४ वटा नक्कली सुनको फूली सहित प्रहरीले पक्राउ गरेको हो ।

साथै जमशेरले करीब ९ दिन पहिला सोही ठाउँ बस्ने ३५ बर्षीया सेमा ऋषिदेवलाई २ जोर नक्कली चाँदीको पाउजु झुक्काई बिक्री गरेको समेत खुल्न आएको छ ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

तपाईको प्रतिक्रिया