बिस्कुट र पानी खुवाई बेहोस बनाई लुटपाट !



नेपालबहस संवाददाता
 




  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

बाँके । भारतमा कमाएर नेपाल फर्कने बेला भारतीय सिमा सिमलाबाट रुपैडिया आउदै गरेका दैलेखका २ जना लुटिएका छन् ।

कमाएर घर फर्कदै गरेका दैलेख कटिस नगरपालिका-५ बस्ने ३६ बर्षीय कालु बिक को नगद १ लाख भारतीय रुपैयाँ र सोही ठाउँस्थित जगन्नाथ गाउँपालिका बस्ने २३ वर्षीय राजु बिकको २५ हजार भारतीय रुपैयाँ लुटपाट भएको हो ।

उनीहरुलाई अपरीचित ब्यक्तिले बिस्कुट र पानी खुवाई बेहोस बनाई साथमा रहेको उक्त रकम लुटपाट गरी फरार भएको बताइएको छ । लुटेराहरुको खोजी गर्नुको साथै यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।


  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •