निर्मला हत्या प्रकरण : कञ्चनपुरमा फेरि कर्फ्यू



नेपालबहस संवाददाता
 




कञ्चनपुर । पाँच दिनदेखि जारी कर्फ्यु जिल्ला प्रशासन कार्यालयले मंगलबार बिहानदेखि हटाए पनि मंगलबार राति ८ बजेदेखि बुधबार बिहान ४ बजेसम्म कर्फ्यू आदेश जारी गरेको छ ।

भीमदत्त नगरपालिकाको वडा नम्बर ४, ६ र १८ मा जिल्ला प्रशासन कार्यालयले अर्को आदेश जारी नभएसम्मका लागि कर्फ्यू आदेश जारी गरेको हो ।

कर्फ्यू हटेसँगै महेन्द्रनगर बजारमा चहलपहल बढ्दै गएको थियो । कर्फ्यूका कारण गएको शुक्रबारदेखि बन्द रहेका शैक्षिक संस्था आजदेखि खुलेका थिए । पसल खुलेका छन् भने गाडी पनि चल्न थालेका छन् ।

१३ वर्षकी निर्मला पन्तको बलात्कारपछि हत्या गर्नेलाई कारबाही माग गर्दै आन्दोलन चर्किँदा स्थानीय प्रशासनले सदरमुकाम आसपासका क्षेत्रमा गएको शुक्रबारदेखि कर्फ्यू आदेश जारी गर्दै आएको छ ।