भारतबाट साइकल चढेर आएका कौरी पेस्तोलसहित पक्राउ !



नेपालबहस संवाददाता
 




  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

वीरगञ्ज । हतियारसहित प्रहरीले एक जना भारतीय नागरिकलाई पक्राउ गरेको छ । पक्राउपर्नेमा भारत पूर्वी चम्पारण जिल्ला मोतिहारीका रोशनकुमार कौरी रहेको छ ।

भारतबाट साइकल चढी नेपालतर्फ आइरहेको अवस्थामा शंका लागेर प्रहरीले चेकजाँच गर्दा उनलाई १२ बोरको एक थान कटुवा पेस्तोल र त्यसमा लाग्ने पाँच थान गोलीसहित पर्सा बिन्ध्यवासिनी गाउँपालिका–३ अमरपट्टिबाट पक्राउ गरेको पर्साका प्रहरी उपरीक्षक रेवती ढकालले बताए ।

यसैगरी प्रहरीले मोतिहारी हरिसिद्धि गाउँ बस्ने सञ्जय सहनीलाई लागुऔषध गाँजासहित पक्राउ गरेको छ । पक्राउ परेको दुवै भारतीय नागरिकलाई थुनामा राखी थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।


  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •