माछा मार्न गएका तीन युवक ८ दिनदेखि वेपत्ता


Share This

नेपालबहस संवाददाता    

बर्दिया । माछा मार्न भारतको जंगल तर्फ हिँडेका बर्दिया ३ जना युवा ८ दिन देखि बेपत्ता रहेका छन् । आठ दिन बितीसक्दा समेत उनीहरु अज्ञात रहेको छन्। राजापुर नगरपालिका ६ बस्ने ४५ वर्षीय विरेन्द्र बहादुर शाह ,४३ वर्षीय वालकृष्ण चौधरी र ४५ वर्षीय ईन्द्र बहादुर थारुको अवस्था अज्ञात रहेको प्रहरीले वताएको छ।

माछा मार्न गएका तीन यूवा आठ वित्दा समेत घर नफर्किएपछि परिवार चिन्तित बनेको छ। एसपि सुरेन्द्र मैनालीले गत पाँच गते देखि सम्पर्क बिहिन भएका युवाको खोजी कार्य तिब्र पारिएको बताए।

उनले भने,‘हुलिया सहित प्रहरीले खोजी गरिरहेपनि उनीहरु फेला परेका छैनन,भारतीय पक्षसँग समन्वय गरी खोजी कार्य गरिरहेका छौं।

तपाईको प्रतिक्रिया