प्रधानसेनापति थापालाई भेट्न भारतीय राजदूत पुरी पुगे जङ्गी अड्डा


Share This

नेपालबहस संवाददाता    

काठमाडौँ । प्रधानसेनापति पूर्णचन्द्र थापा र नेपालका लागि भारतीय राजदूत मंजीवसिंह पुरीबीच जङ्गी अड्डा भद्रकालीमा आज शिष्टाचार भेटवार्ता भएको छ ।

भेटका अवसरमा उनीहरुबीच आपसी हित तथा पारस्परिक सम्बन्धका विषयमा छलफल भएको सैनिक जनसम्पर्क निर्देशनालयले जानकारी दिएको छ ।

यसैबीच, प्रधानसेनापति थापाले ४३ औं प्रधानसेनापतिका रूपमा नेपाली सेनाको कमाण्ड सम्हाल्दैछन् ।

प्रधानसेनापति राजेन्द्र क्षेत्रीको पदावधि समाप्त भएपछि थापा साउन २४ गतेदेखि कायममुकायम प्रधानसेनापतिको जिम्मेवारीमा थिए ।

थापालार्इ प्रधानसेनापतिका रूपमा हिजो राष्ट्रपति विद्यादेवी भण्डारीले दर्ज्यानी चिन्ह प्रदान गरेकी थिइन् । थापालार्इ सेनापतिको दर्ज्यानी चिन्ह प्रदान गर्न हिजो राष्ट्रपति भवन शीतल निवासमा विशेष समारोह आयोजना गरिएको
थियो ।

दर्ज्यानी चिन्ह पाएलगत्तै प्रधानसेनापति थापाले सैनिक मूख्यालय जंगीअड्डा पुगि प्रधानसेनापतिका रूपमा जिम्मेवारी सम्हाले लगतै पूर्व प्रधानसेनापति राजेन्द्र क्षेत्रीले अवकाश पाएकाछन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार