प्रधानसेनापति थापाले गरे निरीक्षण भ्रमण


Share This

नेपालबहस संवाददाता    

काठमाडौं । प्रधानसेनापति पूर्णचन्द्र थापाले आज धनकुटा जिल्लास्थित श्री नंं २ वाहिनी अड्डा र श्री बरख गणको निरीक्षण भ्रमण गरेका छन् । नेपाली सेनाको प्रधानसेनापतिमा नियुक्त भएपश्चात् प्रधानसेनापति थापाको यो पहिलो निरीक्षण भ्रमण हो ।

भ्रमणका क्रममा प्रधानसेनापति थापाले उक्त वाहिनी तथा गणको वस्तुस्थिति, तालीम, बन्दोबस्तीलगायत अन्य विविध पक्षबारे जानकारी हासिल गर्नाका साथै सकलदर्जालाई सम्बोधन गरेका थिए । साथै उनले आज श्री पूर्वी पृतना मुख्यालय इटहरीमा मुकाम रहने र बुधबार अन्य इकाईको निरीक्षण भ्रमण सम्पन्न गरी काठमाडौँ फिर्ता हुने कार्यक्रम छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार