fbpx

धनगढीका मेयरलाई कारवाहीको माग गर्दै प्रशासन कार्यालयमा उजुरी


Share This

नेपालबहस संवाददाता    

कैलाली । धनगढी उपमहानगरपालिकाका मेयर नृप बहादुर वडलाई पक्राउ गरिनुपर्ने भन्दै प्रदेश ७ का २० जना सांसदले जिल्ला प्रशासन कार्यालयमा संयुक्त उजुरी दिएका छन् ।

प्रदेश ७ को राजधानी ‘गोदावरी’ बनाउन लागिएको भन्दै बुधवार भएको प्रदर्शनमा वडले धनगढीबाट राजधानी सारिए संसद भवनमा आगो लगाउने, सांसदले २४ घण्टाभित्र धनगढी छोड्नुपर्ने लगायतका विवादास्पद अभिव्यक्ति दिएका थिए।

सांसदहरुले मेयरका अभिव्यक्तिपछि आफुहरुको ज्यान जोखिममा परेको, अप्रिय घटना हुनसक्ने, शान्तिसुरक्षामा खलल पुग्ने भएकाले वडलाई तत्काल पक्राउ गरी कारवाही प्रक्रिया अगाडी बढाउन माग गरेका छन्।

मेयर वडको अभिव्यक्तिको सर्वत्र आलोचना भएपछि उनले विहीवार विज्ञप्ति मार्फत माफी समेत मागिसकेका छन्।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार