fbpx

अवैध सुन सहित भारतीय नागरिक पक्राउ


Share This

नेपालबहस संवाददाता    

काठमाडौं । थाई एयरको टिजी ३१९ को उडानद्धारा बैंककबाट काठमाडौं आएका भारतीय नागरिक विडेश भुनिया पक्राउ परेका छन् ।

करीव १० लाख २५ हजार रुपैयाँ बराबरको २ सय ७ ग्राम अवैध सुन सहित सोमबार प्रहरीले उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय बिमानस्थलबाट पक्राउ गरेको हो ।

विमानस्थलको आगमन मेन गेट प्रहरी चेकिङ एरियामा उनलाई चेक गर्दा लुकाई छिपाई राखेको अवस्थामा औंठी २ थान, साँचो २ थान, गोलाकार आकारको रिङ ३ थान र सिक्री २ थानमा रहेको उक्त परिणामको सुन बरामद भएको हो ।

प्रहरीले उनलाई आवश्यक कारवाहीको लागि त्रिभुवन बिमानस्थल भंसार कार्यालयमा पठाएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार