fbpx

लागूऔषधसहित ३ जना पक्राउ


Share This

नेपालबहस संवाददाता    

काठमाडौं । काठमाडौं र सिराहाबाट प्रहरीले अवैध लागूऔषधसहित ३ जनालाई पक्राउ गरेको छ । काठमाडौं महानगरपालिका-२६ स्थितबाट नवलपरासी ‘बर्दघाट सुस्ता पश्चिम’ प्रतापपुर गाउँपालिका-१ का २६ वर्षीय राकेश दुसाधलाई नियन्त्रित लागूऔषध डाईजेपाम २ सय एम्पुल, बुप्रेनोर्फिन २ सय एम्पुल र फेनारगन २ सय एम्पुल सहित लागूऔषध नियन्त्रण ब्यूरो कोटेश्वरबाट खटिएको प्रहरीले पक्राउ गरेको हो ।

साथै सोही ब्यूरोको प्रहरीले सोही गाउँपालिका बस्ने २४ वर्षीय धर्मेन्द्र यादवलाई समेत नियन्त्रित लागूऔषध नाईट्राजेपाम १ हजार ५ सय ट्याब्लेट सहित पक्राउ गरेको हो ।

सिराहा नगरपालिका ईमिली चोकबाट महोत्तरी बर्दिबास नगरपालिका-३ का २५ वर्षीय रोमबहादुर थापामगरलाई नियन्त्रित लागूऔषध नाईट्रोसन १० ट्याब्लेट, नाईट्रोभेट १५ ट्याब्लेट, स्पास्मो १९ ट्याब्लेट र डाईलेक्स डिसी ७ बोतल सहित प्रहरीले पक्राउ गरेको हो ।

यस सम्बन्धमा स्थानीय प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार