fbpx

करेन्ट लागेर ट्रक चालकको मृत्यु


Share This

नेपालबहस संवाददाता    

नुवाकोट । ट्रकमाथि लागेको तार हटाउन जाँदा करेन्ट लागेर एक जना चालकको मृत्यु भएको छ । बेलकोटगढी नगरपालिका-७ त्रिशुली-गल्छी सडकमा आज करेन्ट लागेर नुवाकोट लिखु गाउँपालिका-१ बरखेती बस्ने ३५ वर्षीय भरत ढुङगानाको मृत्यु भएको छ ।

गल्छीबाट त्रिशुलीतर्फ आउँदै गरेको ना।३ ख ४७६८ नम्बरको ट्रकले बिजुलीको तारमा छुन लागेकोले ट्रकमाथि छतमा गई तार पन्छाउने क्रममा करेन्ट लाग्दा चालक ढुङगानाको मृत्यु भएको हो ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार