fbpx

नागढुंगाबाट चितुवाको छालासहित ४ जना पक्राउ


Share This

नेपालबहस संवाददाता    

काठमाडौं । महानगरीय प्रहरी परिसर काठमाडौंको टोलीले चितुवाको छालासहित ४ जनालाई पक्राउ गरेको छ। प्रहरीले नागढुंगामा चेकजाँच गर्ने क्रममा चितुवाको छालासहित सामेबार राति साढे ९ बजे ४ जनालाई पक्राउ गरेको हो।

पक्राउ पर्नेमा कपिलवस्तु नगरपालिका–८ का २८ वर्षीय सुराजन थापा, गोरखाका २३ वर्षीय सलिम मिया, स्याङ्जाको रत्नपुरका २३ वर्षीय सोमराज श्रेष्ठ र अर्घाखाँचीको सन्धिखर्क नगरपालिका–७ का २८ वर्षीय मानबहादुर नेपाली छन्।

उनीहरुलाई कारबाहीका लागि जिल्ला वन कार्यालय हात्तिसार पठाइएको छ।

तपाईको प्रतिक्रिया