पोखरा । सहन्यायाधीवक्ता सुरेन्द्रबहादुर थापा पाँच लाख रुपैयाँ घुससहित पक्राउ परेका छन् । सरकारी वकिलको कार्यालय पोखराका सहन्यायाधीवक्ता थापालाई बुधबार बिहान अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले पक्राउ गरेको हो ।
ठगी सम्बन्धी मुद्दा सर्वोच्च अदालतसम्म नपुर्याइदने सर्तमा उनले सेवाग्राहीबाट घुस लिएकाले पक्राउ गरिएको अख्तियारका सूचना अधिकारी रमेश ढकालले जानकारी दिए ।
ढकालका अनुसार थापामाथि थप अनुसन्धान सुरु गरिएको छ ।