चितुवाको छालासहित तीन जना पक्राउ


Share This

नेपालबहस संवाददाता    

काठमाडौं । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो ‘सिआइबी’ले चितुवाको छालासहित आज तीन जनालाई कोटेश्वरबाट पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा बैतडीको सिगास गाउँपालिका–२ का मोहनसिंह रोकाया, सिन्धुपाल्चोक सुनकोशी गाउँपालिका–४ का अनमोल तामाङ र काठमाडौंका एक जना रहेको ब्यूरोका प्रहरी उपरीक्षक सानुराम भट्टराईले जानकारी दिए ।

एक जनाको नाम भने विशेष कारणले सार्वजनिक नगरिएको बताइएको छ । उनीहरुबाट चितुवाको आखेटोपहारसहित एक थान छाला बरामद गरिएको ब्यूरोले जनाएको छ ।

पक्राउ परेका तीनै जनालाई आजै कारवाहीका लागि डिभिजन वन कार्यालय काठमाडौंमा बुझाइएको छ । राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन–२०२९ तथा साइटिस महासन्धि–१९७५ अनुसार उनीहरुलाई कारवाही गरिने ब्यूरोले जनाएको छ ।

तपाईको प्रतिक्रिया
Road Show Real State

सम्बन्धित समाचार