जन्मदिनको भोज दिने बहानामा दुई किशोरीमाथि सामूहिक बलात्कार


Share This

नेपालबहस संवाददाता    

सिरहा । तिहारको भाइटीकाको दिन जन्मदिनको भोज दिने बहानामा दुई किशोरीमाथि सामूहिक बलात्कार भएको छ । प्रहरीका अनुसार लहान नगरपालिका ११ स्थित भोटियाटोलको फुलबारीमा लक्ष्मीपुर पतारीकी १५ वर्षीया नावालिका र २० वर्षीया युवती छन् ।

उनीहरुलाई भाइटीकाको साँझ जन्मदिनको पार्टी छ भनेर चिनेका दुई युवकले भोटियाटोलको आँपको फूलबारीमा बलात्कार गरेका थिए ।

फूलबारीमा थप पाँच जना युवक थिए । पीडित २० वर्षीया युवतीले आफू बलात्कृत भएको बताएपछि गाउँलेले इलाका प्रहरी कार्यालय लहानलाई खबर गरेका थिए ।

घटनास्थल पुगेको प्रहरी टोलीले १२ बजे राति नाबालिकाको उद्धार गरेका थिए । तर, बलात्कारमा संलग्न सबै भागिसकेका थिए । इलाका प्रहरी कार्यालय लहानका प्रहरी नायव उपरीक्षक राजेश थापाले घटनामा संलग्न तीन जनाको पहिचान खुलिसकेको जानकारी दिए । उनीहरुलाई पक्राउ गर्न प्रहरीको विशेष टोली खटाइएको छ ।

पीडितको बयानअनुसार लहान नगरपालिका ११ का हरिकान्त चौधरीले आफ्नो जन्मदिन भएकोले गाउँकै अनिष चौधरी र सुनिल चौधरीलाई ती किशोरीहरुलाई लिन पठाएका थिए । हरिकान्तसँग दुई वर्षदेखि बलात्कृत युवतीको चिनजान भएको प्रहरीले बताएको छ ।

तपाईको प्रतिक्रिया
Road Show Real State

सम्बन्धित समाचार