पर्साको विभिन्न नाकाबाट तस्करी शुरु , घुमुवा प्रहरी असुल्छन् रकम


Share This

नेपालबहस संवाददाता    

बीरगंज । केही समयदेखि सुस्ताएको तस्करी प्रमुख व्यापारिक नाका बीरगञ्जबाट पुन शुरु हुन थालेको छ । २ दिन अघिदेखि बीरगंज नाकाबाट व्यापक रुपमा भन्सार छलेर तस्करीको सामान भित्रन थालेको छ ।

सीमावर्ती रक्सौल हुँदै ल्याइएका सामानहरु भन्सार बिना नै बीरगंज भित्रिने क्रम बढेको समाचार नेपालबहस डटकमले प्राप्त गरेको छ । प्रहरी र भन्सार कर्मचारीहरुको सेटिङमा अहिले संगठित रुपमा तस्करी शुरु हुनथालेको हो । भन्सारमा रहेको सशस्त्र प्रहरी राजश्व गस्ती टोलीले बरामद गरेको तस्करीको परिमाणबाट पनि ठूलो मात्रामा भन्सार छलेर तस्करी हुने गरेको पुष्टि हुन्छ । सशस्त्र प्रहरीले एकै महिनामा एक करोडभन्दा बढी मुल्यसम्म तस्करीको बाटो हुँदै भित्र्याइएका सामान बरामद गर्नुले यसको परिमाण निकै ठूलो रहेको पुष्टि हुन्छ ।

डिआईजी पालका घुमुवा ईन्चार्ज सई सागर राणा
डिआईजी पालका घुमुवा ईन्चार्ज सई सागर राणा

ठूला तस्कर र विभिन्न ट्रान्सपोर्टहरूसँग मोटो रकम लिँदै उनीहरुलाई निर्बाध रुपमा बीरगंज तथा जानकीटोला नाकाबाट तस्करीका सामान भित्र्याउन दिइएको हो । घुमुवा टोलीले वीरगंजमा रहेको रामरहिम ट्रान्सपोर्ट, महाशक्ति ट्रान्सपोर्ट, साझा ट्रान्सपोर्ट, जय बजरंग ट्रान्सपोर्ट, पाथिभारा ट्रान्सपोर्ट लगायतबाट मोटो रकम बुझेका छन् । अहिले यी ट्रान्सपोर्टहरुले निर्वाध रुपमा सीमावर्ती बजारबाट भन्सार छलेर ठूलो परिमाणमा सामान भित्र्याई रहेको स्रोतको दावी छ ।

पछिल्लो समय प्रहरी नै तस्करसँग मोटो रकम लिएर तस्करीको संरक्षण गर्न थालेको छ । नेपाल प्रहरीको प्रदेश नम्बर २ को प्रमुखमा डिआईजी हरिबहादुर पाल आएसँगै संगठित तस्करी मौलाउन थालेको दावी समाचार स्रोतको छ । डिआईजी पालले तस्करहरुबाट रकम उठाउन ठुलो संख्यामा सादा पोशाकमा घुमुवा परिचालन गरेको आरोप छ ।

समाचार अनुसार तस्करहरुबाट पैसा असुल गर्न भन्दै डिआईजी पालले प्रहरी नायव निरीक्षक सागर राणा, प्रहरी हवल्दार जितेन्द्र महतो नुनिया र प्रहरी जवान अंकित सिंहलाई पर्सामा खटाएका छन् । त्यसैगरी पर्साका प्रहरी उपरीक्षक रेवती ढकालको नाममा बालकृष्ण न्यौपानेले ब्यापक लुट मच्चाई रहेका छन भने सशस्त्र प्रहरी उपरीक्षक प्रेमध्वज साहले आफ्ना घुमुवा सहायक प्रहरी हवल्दार प्रमोद बैठालाई तस्करबाट रकम उठाउन खटाएका छन् ।

घुमुवाहरुले तस्करहरूसँग बार्गेनिङ गर्ने र पैसा लिएर तस्करीको बाटो खुलाउने काम गरेका छन् । ठूला तस्कर र विभिन्न ट्रान्सपोर्टहरूसँग मोटो रकम लिँदै उनीहरुलाई निर्बाध रुपमा बीरगंज तथा जानकीटोला नाकाबाट तस्करीका सामान भित्र्याउन दिइएको हो । घुमुवा टोलीले वीरगंजमा रहेको रामरहिम ट्रान्सपोर्ट, महाशक्ति ट्रान्सपोर्ट, साझा ट्रान्सपोर्ट, जय बजरंग ट्रान्सपोर्ट, पाथिभारा ट्रान्सपोर्ट लगायतबाट मोटो रकम बुझेका छन् । अहिले यी ट्रान्सपोर्टहरुले निर्वाध रुपमा सीमावर्ती बजारबाट भन्सार छलेर ठूलो परिमाणमा सामान भित्र्यार्इ रहेको स्रोतको दावी छ ।

यस्तै ठूला भनिएका तस्करहरुबाट पनि घुमुवाहरुले व्यापक रुपमा पैसा उठाएका छन् । तस्करहरु हिरेन्द्र पटेल, जट्टाधारी विनोद साह, हरिन्द्र यादव, तमन्ना ग्रुपबाट उनीहरुले लाखौं रुपैयाँ असुल गरेको स्रोतले दावी गरेको छ । पाल एसएसपीबाट डिआईजीमा बढुवा भएर प्रदेश २ को नेतृत्व सम्हाल्न आईपुगेका हुन् । पाल प्रधानमन्त्री केपी ओली तथा आईजीपी सर्वेन्द्र खनालका विश्वासपात्र मानिन्छन् । सीमा क्षेत्रबाट हुँदै आएको चोरी तस्करी तथा हत्या, बलात्कार र अपहरणजस्ता घटना नियन्त्रण गर्न डिआईजी खनालले उर्दी जारी गरेको भएपनि उनकै विश्वासपात्र मानिने पालले भने यसको उल्लंघन गरिरहेका छन् ।

जसरी हुन्छ पैसा कमाउने ध्याउन्नमा लागेका पालले डिआईजी खनालको विश्वासमाथि नै लात मारेको चर्चा प्रहरीहरुबीच नै हुने गरेको छ ।तस्करहरुले भन्सार छलेर बीरगंज भित्र्याएका सामान काठमाडौं लगायतका शहरमा पुर्याउन बाटोमा कुनै रोकटोक नगर्न पथलैयादेखि अमलेखगंजसम्मका प्रहरी युनिटमा डिआईजी पालले निर्देशन जारी गरेको नाम उल्लेख नगर्ने शर्तमा एकजना प्रहरी अधिकृत बताउँछन ।

कार्यभार सम्हाल्दै गर्दा पालले प्रदेश २ मा आफु रहुन्जेल सीमानाकाबाट हुने गरेको तस्करी ठप्प गर्ने प्रतिवद्धता जनाएका थिए । तर आफ्नै प्रतिबद्धता विपरित डिआईजी पाल तस्करहरूसँग रकम असुल्दै खुलेआम तस्करी गर्न छुट दिईरहेको बताईन्छ । निर्मला हत्याकण्डमा बदनाम बनेको प्रहरी चोरी तस्करी खुलेआम छोड्न थालेपछि झनै बदनाम बन्दै जाने निश्चित छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार