fbpx

रगत र पिसाब जाँच गरेर मात्रै सवारी लाईसेन्स दिन प्रहरी प्रस्ताव


Share This

नेपालबहस संवाददाता    

काठमाडौं । नेपाल प्रहरीले सवारी चालक अनुमति पत्र जारी गर्नु अघि चालकको पिसाब र रगत परीक्षण गर्नुपर्ने प्रस्ताव अघि सारेको छ । चालक अनुमति पत्र (लाईसेन्स) लिएका हजारौं व्यक्ति लागूपदार्थ दुव्र्यसनीको रोगी रहेको र बैज्ञानिक स्वास्थ्य परीक्षण बिनै उनीहरुलाई लाईसेन्स दिदा दुर्घटना बढेको निष्कर्षसहित प्रहरी प्रधान कार्यालयले नयाँ प्रस्ताव अघि सारेको हो ।

“सवारी दुर्घटनाको मूख्य कारण अपरिपक्क चालकलाई लाईसेन्स दिनु पनि हो, यसलाई व्यवस्थित गर्न अबदेखि चालकको स्वास्थ्यपरीक्षण हुनुपर्छ भन्ने हाम्रो प्रस्ताव छ,” प्रहरी स्रोतले भन्यो, “कम्तीमा पिसाव र रगत जाँच गरेर मात्रै लाईसेन्स परीक्षणामा सहभागी गर्ने हो भने गलत र अयोग्य व्यक्ति चालक हुन पाउँदैनन् ।

केहीदिन अघि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा भएको सवारी दुर्घटना न्युनिकरण र सचेतना कार्यक्रमसम्वन्धि छलफलमा प्रहरी प्रधान कार्यालयले सार्बजनिक, निजी, सरकारी तथा संस्थानका सवारी चालक नियुक्ति गर्दा पनि रगत र पिसाव जाँच अनिवार्य गर्नुपर्ने प्रहरीको प्रस्ताव छ । “सवारी दुर्घटनाको मूख्य कारण अपरिपक्क चालकलाई लाईसेन्स दिनु पनि हो, यसलाई व्यवस्थित गर्न अबदेखि चालकको स्वास्थ्यपरीक्षण हुनुपर्छ भन्ने हाम्रो प्रस्ताव छ,” प्रहरी स्रोतले भन्यो, “कम्तीमा पिसाव र रगत जाँच गरेर मात्रै लाईसेन्स परीक्षणामा सहभागी गर्ने हो भने गलत र अयोग्य व्यक्ति चालक हुन पाउँदैनन् ।


उपत्यकाभित्र ध्वनी प्रदुषण, हिट एण्ड रन, लेन अनुशासन उल्लंघन लगायतका कसूरमा संलग्न २० देखि ३० वर्ष उमेर समूहका चालक गाँजा, भाङ, धतुरो, चरेस, मध्यपान, फर्मास्युटिकल्स ड्रग्स लगायतका दुव्र्यसनी रहेको प्रहरीको दावी छ । दुव्र्यसनीमा फसेकै कारण सवारी अनुशासन पालनामा उनीहरुले कुनै परवाह नगर्ने पनि प्रहरी अधिकारीको दावी छ ।


देशभर करिब ३२ लाख सवारी साधन रहेकोमा सबारी चालक अनुमतिपत्र लिनेको संख्या करिब २८ लाख रहेको अनुमान छ । ती मध्ये १८ देखि ४० वर्ष उमेर समूहका थुप्रै चालक लागूऔषध दुव्र्यसनीका रोगी रहेको प्रहरीका अनुसन्धान अधिकारी बताउँछन् । “अन्य अपराध अभियोगमा पक्राउ परेका तथा सवारी मुद्दामा हिरासतमा लिइएका थुप्रै आरोपित लागूपदार्थ दुव्र्यसनीका रोगी भेटिएका छन्,” एक अनुसन्धान अधिकारी भन्छन्, “दुव्र्यसनीले मात्रै चालक अनुमति पत्र नपाउने हो भने बाइक तथा अन्य सार्वजनिक/निजी सवारी दुर्घटनाको अनुपात पनि कम हुनसक्छ ।”

उपत्यकाभित्र ध्वनी प्रदुषण, हिट एण्ड रन, लेन अनुशासन उल्लंघन लगायतका कसूरमा संलग्न २० देखि ३० वर्ष उमेर समूहका चालक गाँजा, भाङ, धतुरो, चरेस, मध्यपान, फर्मास्युटिकल्स ड्रग्स लगायतका दुव्र्यसनी रहेको प्रहरीको दावी छ । दुव्र्यसनीमा फसेकै कारण सवारी अनुशासन पालनामा उनीहरुले कुनै परवाह नगर्ने पनि प्रहरी अधिकारीको दावी छ । नेपालमा १ लाख भन्दा बढी लागूऔषध दुव्र्यसनी रहेको आँकडा राष्ट्रिय जनगणना २०६८ ले जनाएको छ । तर अहिले उक्त तथ्यांकमा निकै बृद्धि भइसकेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार