fbpx

नेपालले भेनेजुएलाको समर्थन गरेपछि अमेरिकाबाट हतियार खरिदमा ब्रेक !


Share This

नेपालबहस संवाददाता    

काठमाडौं । भेनेजुएलाको आन्तरिक मामिलामा हस्तक्षेप गरेको आरोप लगाउँदै नेपालले सार्बजनिक रुपमै अमेरिकाको आलोचना गरेपछि अत्याधुनिक हतियार एम–१६ राइफल खरिद प्रक्रिया अवरुद्ध हुने जोखिम बढेको छ ।

सरकारले ‘सार्बजनिक खरिद ऐन २०६३ को ‘जीटूजी’ अर्थात गभर्मेन्ट टू गभर्मेन्टबीच डिल गरेर रु.२ अर्ब १९ करोड भन्दा बढी मुल्यमा अमेरिकाबाट ६ हजार ४ सय ९२ थान हतियार किन्ने सम्झौता गरिसकेको छ । तर खरिद प्रक्रियामै रहेका बेला भेनेजुएला प्रकरणले अमेरिका नेपालसँग रुष्ट बनेको छ ।

प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकार र उनी अध्यक्ष रहेको प्रमुख सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (ने क पा)ले भेनुजुएलाको आन्तरिक मामिलामा अमेरिकाले हस्तक्षेप गरेको आरोप लगाउँदै कडा आपत्ति जनाएपछि त्यसको असर हतियार खरिद प्रक्रियामा पर्ने देखिएको हो । सरकार र ने क पा भेनुजुएलाको पक्षमा र प्रमुख सत्तारुढ नेपाली कांग्रेस अमेरिकाको पक्षमा उभिएका छन् ।

सरकारले ‘सार्बजनिक खरिद ऐन २०६३ को ‘जीटूजी’ अर्थात गभर्मेन्ट टू गभर्मेन्टबीच डिल गरेर रु.२ अर्ब १९ करोड भन्दा बढी मुल्यमा अमेरिकाबाट ६ हजार ४ सय ९२ थान हतियार किन्ने सम्झौता गरिसकेको छ । तर खरिद प्रक्रियामै रहेका बेला भेनेजुएला प्रकरणले अमेरिका नेपालसँग रुष्ट बनेको छ । अमेरिकाले भेनुजुएलाको विषयमा नेपालको परराष्ट्र नीति के हो भन्दै प्रश्न गरेपछि सवा २ अर्ब भन्दा बढीको हतियार खरिद प्रक्रियासम्म असर पुगेको हो ।

करिब १५ वर्षपछि एकैपटक एम–१६ राइफलसहित नेपाली सेनाले अमेरिकाबाट ठूलो परिमाणमा घातक सैन्य सामग्री किन्न लागेको बेला भेनुजुएला प्रकरणले यसमा ब्रेक लाग्ने अवस्था देखिएको सुरक्षा मामिलाका जानकारहरु समेत बताउँछन् । एउटा एम–१६ राइफलको मूल्य १ हजार ५ सय देखि ३ हजार अमेरिकी डलरसम्म पर्छ । यी हतियार ‘जी–टू–जी’ प्रक्रिया अन्तर्गत अमेरिकाबाट सिधै हवाई माध्यमबाट ल्याइने उल्लेख गरिएको थियो ।

परराष्ट्र मन्त्रालय र नेकपाका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)ले भेनेजुएलाको आन्तरिक मामिलामा अमेरिकाले हस्तक्षेप गरेको भन्दै भत्र्सना गरेका थिए । नेपालको यो कदमलाई अमेरिकाले निको मानेको छैन । अमेरिकाले भेनेजुएलाका विपक्षी नेता हुवान गुएदोलाई अन्तरिम राष्ट्रपतिको मान्यता दिएपछि नेपालको ने क पा र सरकारले भेनेजुएलाको आन्तरिक मामिलामा हस्तक्षेप भन्दै कडा आपत्ति जनाएको थियो । ७ महिना अघि निर्वाचनबाट निकोलस मडुरो राष्ट्रपतिमा निर्वाचित भएका थिए । तर निर्वाचनको निष्पक्षतामा अन्तर्राष्ट्रिय समुदायले प्रश्न उठाएपछिको विवादले केहीसमय अघि विपक्षी नेता एवं राष्ट्रिय सभाका अध्यक्ष गुएदोले आफूलाई अन्तरिम राष्ट्रपति घोषणा गरेका थिए । गुएदोको निर्णयलाई समर्थन गर्दै अमेरिकाले सहायता दिने घोषणा गरेपछि विवाद विश्वभर फैलिएको थियो ।

करिब १५ वर्षपछि एकैपटक एम–१६ राइफलसहित नेपाली सेनाले अमेरिकाबाट ठूलो परिमाणमा घातक सैन्य सामग्री किन्न लागेको बेला भेनुजुएला प्रकरणले यसमा ब्रेक लाग्ने अवस्था देखिएको सुरक्षा मामिलाका जानकारहरु समेत बताउँछन् । एउटा एम–१६ राइफलको मूल्य १ हजार ५ सय देखि ३ हजार अमेरिकी डलरसम्म पर्छ । यी हतियार ‘जी–टू–जी’ प्रक्रिया अन्तर्गत अमेरिकाबाट सिधै हवाई माध्यमबाट ल्याइने उल्लेख गरिएको थियो ।

तर दुई देशबीच नै कूटनीतिक सम्वन्धमा दरार देखिएपछि त्यसको असर सबैतिर पर्नसक्ने सैनिक उच्च अधिकारीहरु पनि बताउँछन् । सेनाले एमपी ५, जीपीएमजी, एमएमजी, एलएमजी, एसएमजी, ९–एमएम ग्लक, एचके युएसपी, रकेट लन्चर, ग्रिनेड, ५१ मोर्टार, बम डिस्पोजल भेइकल, इलेक्ट्रिक सक लगायत सामग्री क्रमशः खरिद गर्नुपर्ने प्रस्ताव अघि सारेको छ ।

अमेरिकामा बनेको एम–१६ राइफल अधिकतम ३ हजार ६ सय मिटर टाढासम्म प्रहार गर्न सकिने छ । एम–१६ राइफल ५५० मिटरसम्म प्रभावकारी र ८ सय मिटर परसम्म टार्गेट गर्न सकिने छ । एम–१६ राइफल भियतनाम, लाओस, कम्बोडिया, श्रीलंका,सोमालिया, इराक, लाइवेरिया, प्रजातान्त्रिक गणतन्त्र कंगो लगायत मुलुकको आन्तरिक गृहयुद्ध तथ बाह्य आक्रमणका बेला राष्ट्रिय सेना र विद्रोही समूहले समेत प्रयोग गरेको बताइन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार