२२ बर्ष कि स्नेहाले बच्चा जन्माएर गरिन आत्महत्या



नेपालबहस संवाददाता
 



aatma-hatya

स्याङ्जा । भीरकोट नगरपालिका ७ की एक महिलाले अवैध शिशु जन्माएर घर नजिकैको बारीमा फालेपछि आफूले पनि आत्महत्या गरेकी छन् । स्थानीय गम्बरबहादुर अधिकारीको बारीमा नवजात शिशु मृतअवस्थामा फेला परेको सुचना पाएपछि घट्नास्थलमा पुगेको प्रहरीले छिमेकी बेगबहादुर अधिकारीको मलखातमा सालनाल भेट्टाएको थियो ।

जिल्ला प्रहरी कार्यालय स्याङजाका प्रवक्ता प्रहरी नायव उपरिक्षक नविनकृष्ण भण्डारीका अनुशार बेगबहादुर अधिकारीकी २२ वर्षिया छोरी स्नेहाले अवैध सम्बन्धबाट बच्चा जन्माएर गाडेको र आफुले पनि आत्महत्या गरेकी हुन् ।

आफ्नै गोठमा स्नेहाले चुन्नीको पासो लगाई छट्पटाई रहेको अवस्थामा स्थानियले देखेपछि हसियाँले चुन्नी काटेर उनलाई उपचारका लागि वालिङ प्रथामिक स्वास्थ्य केन्द्रमा ल्याउदै गर्दा उनको मृत्यु भएको हो । शिुशु र स्नेहाको शवलाई पोष्मार्टमपछि परिवारलाई बुझाइएको प्रहरीले जनाएको छ । स्नेहाले अबैध रुपमा शिशु जन्माए पश्चात आफूले पनि मृत्यूवरण गर्न पुगेको प्रहरीले जनाएको छ । शिशुको थप पहिचानको लागि डिएनए परिक्षणका लागि नुमना संकलन गरिएको प्रवक्ता भण्डारीले जानकारी दिए । यसबारे थप अनुसन्धान भईरहेको जानकारी भण्डारीले दिए ।

यता वालिङ प्राथमिक स्वास्थ्य केन्द्रले पनि स्नेहाले बच्चा जन्माएको पोष्टमार्टमा देखिएको जनाएको छ । स्वास्थ्य केन्द्रका डाक्टर सुवास पौडेलका अनुसार पोष्टमार्टममा स्नेहाले बच्चा जन्माएको देखिन्छ तर उनको बच्चा हो वा होईन भन्ने विषयमा डिएनएको परिक्षण पश्चात मात्रै पत्ता लाग्ने छ । शिशु जीवित वा मृत जन्माएको भन्ने विषय भने खुलिसकेको छैन ।

दुवै शवलाई वेगबहादुर अधिकारीको जिम्मा लगाइएको प्रहरीले जनाएको छ । यस विषयमा थप अनुसन्धान भईरहेको बताइएको छ ।


सम्बन्धित समाचार