प्रेमीकाको हत्यामा संलग्न प्रशान्त पक्राउ


Share This

नेपालबहस संवाददाता    

२४ जेठ,काठमाडौं । केटी साथीको हत्यामा संलग्न अभियुक्त दोलखा, वैतेश्वर गाउँपालिका–२ बस्ने २४ वर्षीय प्रशान्त तामाङलाई महानगरीय अपराध महाशाखाको प्रहरीले मंगलबार पक्राउ गरेको छ ।

काठमाडौं महानगरपालिका–७ गंगाहिटीमा कोठा भाडामा बस्दै आएकी रामेछाप, रस्नालु–८ की २३ वर्षीया सञ्चिता पाख्रिन (तामाङ)को कोठामा बाहिरबाट चाबी लगाएको अवस्थामा सडिगलेको शव गत बैशाख ८ गते फेला परेको थियो ।

अभियुक्त प्रशान्त र मृतक सञ्चिताबीच करीव २ वर्षदेखि प्रेम सम्बन्ध रहेको र २०७४ असारमा विवाह गर्ने सल्लाह भएको भए पनि सञ्चिताको पेटमा रहेको बच्चा प्रशान्तले राख्न चाहेको तर सञ्चिताले फाली दिएपछि आपसी विवाद हुँदा प्रशान्तले गत बैशाख ४ गते सलले घाँटी कसेर सञ्चिताको हत्या गरी कोठामा बाहिरबाट ताला लगाई फरार भएको अनुसन्धानको क्रममा खुल्न आएको प्रहरीले जनाएको छ ।

अनुसन्धान पश्चात अभियुक्त प्रशान्तलाई दोलखा प्रहरीको सहयोगमा उक्त महाशाखाको प्रहरीले पक्राउ गरी थप कानुनी कारवाहीको लागि महानगरीय प्रहरी वृत्त गौशाला पठाएको छ ।

तपाईको प्रतिक्रिया
Road Show Real State

सम्बन्धित समाचार