सेनामा आरोपितलाई नै तक्मा र पदोन्नति !



नेपालबहस संवाददाता
 




  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

२७ जेठ, काठमाडौं। सैनिक आवसीय महाविद्यालय भक्तपुरका कर्णेल भूपालमान अधिकारीबाट विगत ८ महिनादेखि शृङ्खलाबद्धरूपमा एकपछि अर्को बाल अधिकार हनन, शोषण र भ्रष्टाचारी गतिविधिहरूबारे सञ्चार माध्यममा निरन्तररूपमा प्रकाशित भई सैनिक मुख्यालय, अभिवाहक वर्ग, विद्यालयका शिक्षक–कर्मचारी विद्यार्थीवर्गलगायत लाखौँ आमजनमानसले समेत थाहा पाई अविस्मरणीय र अकल्पनीयरूपमा नै बदनाम कमाएका कर्णेल भूपाल अधिकारीलाई छानविन गरी दोषीउपर कारवाही गर्नुको साटो निज कर्णेललाई उल्टै राम्रो उत्कृष्ट काम गरेको भनी श्रीमती रिता क्षेत्रीकै ठाडो हस्तक्षेप ,जोडबल र करकापमा सेनापतिको सिफारिशमा गणतन्त्र दिवसको अवसरमा तक्मा पाएको सुन्दा सेनाकै कार्य मूल्यांकनशैलीमा कालो धब्बा लागेको छ ।

‘बाल अपराधीलाई कारवाही गर्नुको साटो उल्टै संरक्षण र पुरस्कृत गर्नुभनेको अतिनै घृणित र लज्जास्पद कार्य हो । सेनापतिको यस्तो घृणित कदमबाट सिङ्गो नेपाली सेनाको छविमा आँच पुगेको छ, महाविद्यालय अहिले भ्रष्टाचार र बालशोषण गर्नेको क्रीडास्थल बन्न पुगेको छ जस्को भागिदार सेनापति स्वयम्ले लिनु पर्दछ’ अभिवाहक, शिक्षक–कर्मचारीहरूले आक्रोश पोख्दै टीका–टिप्पणी गरेका छन् । मिडियामा मात्र कर्णेल भूपालको भ्रष्टाचारी कुकृत्यहरू सार्वजनिक भएका छैनन्, प्रधानमन्त्री, रक्षामन्त्री, शिक्षामन्त्री, राष्ट्रिय मानव अधिकार, प्रधानसेनापति, कार्यरथि, कल्याणकारी र शिकायत निर्देशनालयमा समेत निजविरुद्ध उजुरीहरू परी हालसम्म पनि छानविन हुँदै गरेको अवस्थामा पदोन्नति बोर्डले निजलाई २०७४ सालमा महासेनानीमा बढुवा हुने सूचीमा बढी योग्य समूहको वैकल्पिक २ नम्बरमा सिफारिश गरेको छ । बोर्डकै एक सदस्यले हाम्रा सम्वाददातासँग असन्तुष्टि व्यक्त गर्दै भने– ‘यो नियमसंगत भएन । पदोन्नति बोर्ड बस्नुअघि सैनिक सचिव जर्नेलले सेनाको लिगल डिपार्टमेन्टलाई कानुनी राय माग गर्दा सैनिक ऐनमा स्पष्ट किटान भएनुसार छानविनको क्रममा परेका जोकोही सैनिक व्यक्तिको हकमा टुङ्गो नलागुन्जेल पदोन्नतिको लागि सिफारिश गर्न नमिल्ने भनी लिगल डिपार्टमेन्टबाट आधिकारिक राय पत्रमार्फत् जानकारी गराउँदा गराउँदै पनि बोर्डको सदस्य सचिव रहेका सैनिक सचिव खड्ग मल्लले के आधारमा कर्णेल भूपालको नाम पेश गरे ?’

हुन पनि त्यत्रा बोर्डका सदस्यलगायत तीन तारे जर्नेल रथी पूर्णचन्द्र थापासमेत अध्यक्ष रहेको पदोन्नती बोर्डले सैनिक नियमावलीको ठाडो उल्लंघन गरी छानविनको दायरामा रहेको कर्णेललाई सिफारिश गर्नुभनेको सेनामा मनपरि तन्त्र र दण्डहीनता कतिसम्म मौलाएको रहेछ भन्ने स्पष्ट उदाहरण देखिन्छ । तर जङ्गी अड्डाका एक जर्नेलले कुरा अझै खुलस्त पार्दै बताए– ‘कुरा अझै गहिरो छ । प्रतिस्पर्धामा मुख्य उम्मेदवारको रूपमा कर्णेल भूपालको नम्बर नपुग्ने भएपछि उनलाई पहिलो चरणको योजना मुताबिक वैकल्पिक उम्मेदवारमा समावेश गराइएको हो । तर मुख्य उम्मेदवार कारणवश पदोन्नति नभएको खण्डमा मात्र वैकल्पिकले मौका पाउने प्रावधान अनुसार निज २०७४ सालमा पदोन्नति हुने सम्भावना कम भएनुसार दोस्रो चरणको योजना तय भयो जसानुसार उनलाई अर्को पदोन्नति बोर्ड बस्दा २ नम्बर थप गर्न सकेमा मूल उम्मेदवारमा पर्ने भनी सैनिक सचिवले हिसाब–किताब गरी माथि राय पेश गरेपछि कर्णेल अधिकारीको तक्मा सिफारिश भयो र गणतन्त्र दिवसका दिन उहाँको नाम प्रकाशित भयो पनि । नेपाल सरकारले हालसालै मात्र सेनाको संशोधित पुनः ढाचा संगठनात्मक संरचना स्वीकृत गरेको छ जसअन्तर्गत पहिलो फेजमा २०७४ सालमै पदोन्नति गर्नको लागि ६ देखि ८ जना प्रमुख सेनानी हरूलाई महासेनानीमा बढुवा गर्ने योजना रहेको छ ।

यस्को लागि बोर्ड बस्ने स्वीकृतिको लागि रक्षा मन्त्रालयमा जङ्गी अड्डाले पत्राचार गर्ने तयारी गरेको छ । अन्ततः बोर्ड बसी तेस्रो चरणको षडयन्त्रपूर्ण सुनियोजित योजना अनुसार भ्रष्टाचारी कर्णेललाई मूल उम्मेदवारमा समावेश गराई २०७४ सालभित्र पदोन्नतिको लागि सिफारिश गर्ने ग्य्रान्ड डिजाइन तय भइसकेको छ । ‘जर्साबको यस्तो अभिव्यक्ति र विश्लेशण सुनेर हाम्रा सम्वाददाता छक्क परेका छन् ।

महाविद्यालयका अभिभावक, शिक्षक, कर्मचरी, विद्यार्थीलगायत आर्मीका सिनियर अफिसरहरू समेतले यस्तो घृणित र अमर्यादित कदमप्रति आक्रोश व्यक्त गरेका छन् । यसरी तक्मा र पदोन्नति पाउने कर्णेलको प्रोफाइल यस्तो रहेको छ– १ विद्यार्थीलाई मासु–अन्डा, समोसा, फलफूल आदि कटौती गरी पैसा कमाउने । २ विद्यार्थीको राशनको दुध खान नदिई बजारमा बेच्ने । ३ विद्यार्थी बिरामी भएमा मेडिकलमा सिटामोल, कफसिरफ, ब्रुफिनलगायत केही पनि उपलब्ध नहुने व्यवस्था लागु । ४ काठमाडौँबाट आफुले कन्ट्याक्ट गरेको पसलबाट सोझै सस्तोमा सामान झिकाउने र उपरथी विनोज बस्न्यातलाई चर्चित टोपी कान्डमा फसाउने बदनाम ठेकेदार बाबुराम कोइरालाको गाइखुरा इन्टरप्राइजेजसमार्फत् महँगो बिल बनाइ खाने । ५ विद्यार्थीले खाने दालमा प्रशस्त पानी हाल्ने । ६ विद्यार्थीको युनिफर्म निम्नस्तरको हाल्न लगाई ठूलो घोटाला गर्न सफल । ७ आर्मी पेट्रोलपम्पको तेल ठेकेदारलाई बेच्न सफल । ८ विद्यार्थीले ओढ्ने सिरकभित्र टिनको पाता–ब्लेडको पत्ता, गार्मेन्ट्मा फालेका थोत्रा ऊन नपेलेको काँचो कपास र सियोजस्ता पदर्थहरू हालेर महँगोमा विद्यार्थीलाई बेच्दा भण्डाफोर भएको । ९ जाडोको बिदामा कक्षा १०का विद्यार्थीसँग कोचिङ पढाउने बहानामा प्रतिविद्यार्थी ८६०० उठाएर करिब २५ लाख हिनामिना गर्न सफल । १० स्कुल नचलेको बेला कागजमा विद्यार्थी हाजिर देखाइ बससमेत कागजातमा गुडेको देखाइ तेल र ठेकेदारबाट रकम खान सफल ।

‘यसमा कल्याणकारीका सहनिर्देशक कर्णेल शिशिरको कर्णेल भूपालसँग विशेष साँठगाँठ रहेको र भूपालको हकमा पटक–पटक छानविनको लागि भनेर निजमात्रै आउने गरेको र सत्यतथ्य पत्ता लगाउनुको साटो उल्टै सुनियोजित रूपमा गलत रिपोर्ट दिने, बचाउने, संरक्षण गर्नेजस्ता व्यापक चलखेल भएको छ कर्णेल शिशिरबाट । सत्यता जान्ने हो भने यिनलाई पठाउनु हुँदैन । यिनलाई पनि कारवाही गर्नुपर्छ ।’ घटनाको क्रमलाई नजिकैबाट नियालेर बसेका विद्यालयका कर्मचारीहरूले भने । नव जनप्रहार साप्ताहिकबाट


  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

सम्बन्धित समाचार