रिगलमाथि सरकारकै सुनियोजित षड्यन्त्र रहेको परिवारको आरोप !


Share This

नेपालबहस संवाददाता    

बांके । बांकेको नेपालगंज स्थित धम्बोजी चोकमा चेतन मानन्धर हत्याकाण्डमा मुछिएका रिगल ढकाललाई प्रहरीले नेपालगंजबाट सुरक्षाको कारण देखाउदै विगत ८ महिना अघि बर्दिया सारेकोमा ढकाललाई पुन : सुरक्षाको कारण देखाउदै सुनसुरी कारागार लैजाइने खबर सुन्न आएकोमा आमा रञ्जना ढकाल,श्रीमति पुजा ढकाल र दिदि रञ्जिता ढकालले प्रेस विज्ञप्ती मार्फत गम्भिर आपत्ति जनाएका छन् ।

मानन्धर हत्याकाण्डमा मुछिएका ढकालको बांके जिल्ला अदालतमा मुद्धा चलिरहे पनि फैसलाको लिखित कागजात अदालतले नबुझिसकेको अवस्थामा गृह प्रशासनले विना कारण विभिन्न कारागार सारेकोमा परिवारले आपत्ति जनाएका हुन् । निज ढकालले कानुन मर्यादा पालना गर्दै आत्मसर्मपण गरेको अवस्थामा  विनासितै अन्य कारागार सार्ने  सुनियोजित षड्यन्त्रले परिवारमा मानसिक यातना तथा शंका उत्पन्न गराएको ढकाल परिवारको प्रेस विज्ञप्तीमा उल्लेख छ ।

ढकाल परिवारको प्रेस विज्ञप्ती…………….

 

उक्त विज्ञप्तीमा भनिएको छ , ‘ यसरी कानुनको दायरामा आएका व्यक्तिलाई अन्यत्र सार्ने काम तत्काल बन्द गर्न तथा पूर्ण सुरक्षाको प्रत्याभूती दिलाउन नेपाल सरकारसंग गरिएको छ ।  सरकारले ढकाललाई अन्य कारागार सानुपर्ने अवस्था आएमा परिवारले भेटघाट गर्न सक्ने प्रदेश नम्बर ५ अन्तर्गतका सहज जिल्लामा राख्न समेत ढकाल परिवारको  विज्ञप्तीमा उल्लेख गरिएको छ ।

तपाईको प्रतिक्रिया
Road Show Real State

सम्बन्धित समाचार