बाघको छालासहित तीन पक्राउ,खरीद विक्रि गर्ने गिरोह सक्रिय


Share This


नेपालबहस संवाददाता    93 Views

भैरहवा, ११ जेठ रुपन्देही प्रहरीले बाघको छालासहित तीनजनालाई पक्राउ गरेको छ।पक्राउ पर्नेमा पर्वत जिल्ला फलेवास नगरपालिका १ ठानामौलाका २५ वर्षीय आशिष सुनार, कास्की मादी गाउँपालिका ४ घर भएका पोखरा लेखनाथ महानगरपालिका १३ काहु खोलामा बस्ने २५ वर्षीय सुरज भुजेल र नवलपरासी जिल्ला सुस्ता पूर्व देवचुली नगरपालिका १३ का २५ वर्षीय बद्री सुनार रहेका छन्। बाघको छाला कारोबार गर्ने यो पश्चिमी क्षेत्रको ठूलो तस्करको समूह भएको प्रहरीको भनाइ छ।

बिक्री वितरण गर्न प्रतिबन्धित बाघको छालाको बुटवलमा कारोबार हुन लागेको विशेष सूचनाको आधारमा अभियुक्तलाई २ वटा बाघको छालासहित बुटवल उपमहानगरपालिका ८ बाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका डीएसपी डिल्लीनारायण पाण्डेले जानकारी दिए।

बरामद दुईा छाला मध्ये एउटा बाघको बच्चाको छाला छ। बरामद बाघको छालाको कारोबार अन्तराष्ट्रिय स्तरमा एकिन मूल्य नभए पनि महंगो मूल्यमा कारोबार हुन्छ।

पक्राउ गरिएका अभियुक्तलाई आवश्यक कारबाहीका लागि जिल्ला वन कार्यालय पठाइएको डीएसपी पाण्डेले बताए। यता जिल्ला वन कार्यालयले प्रहरीले बुझाएको छाला परीक्षणको लागि काठमाडौँ पठाएको र पक्राउ परेका अभियुक्त उपर राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन अन्र्तगत मुद्दा दायर गरी घटनाको थप अनुसन्धान भइरहेको बताएको छ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार