मुख्य बजार क्षेत्रमा आगलागी करोडौंको नोक्सानी


Share This


नेपालबहस संवाददाता    79 Views

इटहरी । सुनसरी इटहरी उपमहानगरपालिका – ६ स्थित मुख्य बजार क्षेत्रमा गएराति आगलागी हुँदा अढाइ करोडभन्दा बढी मूल्य बराबरको क्षति भएको प्रारम्भिक अनुमान गरिएको छ ।

राति ११ बजेर ३५ मिनेटतिर इन्द्र फेन्सी स्टोरमा अकस्मात आगलागी हुँदा स्टोरमा रहेका बहुमूल्य लत्ता कपडा लगायतका सबै सामान जलेर नष्ट भएको इलाका प्रहरी कार्यालय इटहरीले जनाएको छ ।

विद्युत् सर्ट भएर आगलागी भएको हुन सक्ने प्रारम्भिक अनुमान प्रहरीको छ । इटहरी, धरान, दुहवी र इनरुवा र विराटनगरबाट आएका बारुणयन्त्रको सहायताले सशस्त्र प्रहरी, नेपाल प्रहरी र स्थानीयवासीको सहयोगमा आगलागी नियन्त्रणमा लिएको थियो ।

तपाईको प्रतिक्रिया