पृथ्वी राजमार्गमा ट्रक र माइक्रोबस ठोक्किदा ३ को मृत्यु, ९ घाइते


Share This

नेपालबहस संवाददाता    

चितवन । पृथ्वी राजमार्गअन्तर्गत चितवनको इच्छाकामना गाउँपालिका–३ चुम्लिङटारमा माइक्रोबस र ट्रक एकआपसमा ठोक्किदा तीन जनाको मृत्यु भएको छ।

जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार दुर्घटनामा ९ जना घाइते भएका छन्। पोखराबाट काठमाडौं जाँदै गरेको ग१ख ७३९२ नम्बरको माइक्रोबस र काठमाडौंबाट मुग्लिनतर्फ आउँदै गरेको ना६ख ४०६४ नम्बरको ट्रक शुक्रबार बिहान ७ः२० बजे एक आपसमा ठोकिदा दुर्घटना भएको प्रहरीले जनाएको छ।

मृत्यु हुनेमा माइक्रोबसमा सवार दुई पुरुष र एक महिला रहेपनि उनीहरुको सनाखत हुन नसकेको चितवन प्रहरी प्रवक्ता शिव शर्मा आचार्यले जानकारी दिए।

घाइतेहरुको उद्धार गरी उपचारका लागि भरतपुर तर्फ पठाइएको प्रहरीले जनाएको छ। प्रहरीले ट्रक चालकलाई नियन्त्रणमा लिएको र घटनाबारे थप अनुसन्धान गरिरहेको जनाएको छ।

तपाईको प्रतिक्रिया
Road Show Real State