ट्रक र माइक्रो ठोक्किँदा चार जनाको मृत्यु, ८ जना घाइते


Share This

नेपालबहस संवाददाता    

अपडेट :
चितवन । पृथ्वीराजमार्ग अन्तरगत इच्छाकामना गाउँपालिका–३ चुम्लिङटार पानीधारामा शुक्रबार बिहान ट्रक र माइक्रोबस ठक्किँदा ४ जनाको मृत्यु भएको छ । घटनामा ८ जना घाइते भएका छन् ।

चितवन जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डीएसपी शिव शर्मा आचार्यका अनुसार बिहान सवा सात बजे काठमाडौंबाट मुग्लिनतर्फ आउँदै गरेको ना ६ ख ४०६४ नम्बरको ट्रक र पोखराबाट काठमाडौं जाँदै गरेको ग१ख ७६९२ नम्बरको माइक्रो बस जुधेका थिए।

तीनजनाको घटनास्थलमै र एकजनाको उपचारका लागि भरतपुरतर्फ ल्याइँदै गर्दा बाटोमा मृत्यु भएको हो। मृत्यु भएका तीनजनाको सनाखत भएको छैन भनेमाइक्रोबस चालक कास्की रुपाकोट–८ का ३३ वर्षीय चन्द्रबहादुर केसीकोउपचारका लागि ल्याइँदै गर्दा मृत्यु भएको हो।

घाइतेमध्ये५ जनाको चितवन मेडिकल कलेजमा, २ को चितवन पुरानो मेडिकल कलेज र एकजनालाई पोखरा पठाइएको छ।

तपाईको प्रतिक्रिया
Road Show Real State