मुलुकभर दैनिक सवारी दुर्घटनाबाट ५ जनाको मृत्यु


Share This


नेपालबहस संवाददाता    86 Views

काठमाडौं । मुलुकभर सवारी दुर्घटनाबाट दैनिक ५ जनाको मृत्यु हुने गरेको एक तथ्यांकले देखाएको छ । प्रहरी प्रधान कार्यालयअन्तर्गतको ट्राफिक निर्देशनालयका अनुसार आर्थिक वर्ष २०७४ र ०७५ वैशाख मसान्तसम्म २ हजार ९७ जनाको दुर्घटनामा मृत्यु भएको छ ।

९ हजार ५० वटा दुर्घटनामध्ये ६ हजार ९ सय ९२ वटा चालकको लापरबाहीले भएको प्रहरी तथ्यांकमा रहेको छ । असार ३ गते आइतबार दिन बिहान मात्र चितवनको नारायणगढ–मुग्लिन सडकखण्ड अन्तरर्गत इच्छाकामना गाउँपालिका–५ स्थित २ नं पुलमा आज बिहान मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ ।

यस कारण नेपालमा दैनिक जसो सवारी दुर्घटनाबाट ५ जनाको मृत्यु हुने गरेको एक तथ्यांकले देखाएको छ ।

तपाईको प्रतिक्रिया