दुई छुट्टा छुट्टै घटनामा परेर २ जनाको मृत्यु


Share This

नेपालबहस संवाददाता    

काठमाडौं । पाल्पामा र भोजपुरका दुई छुट्टा छुट्टै घटनामा परेर २ जनाको मृत्यु भएको प्रहरी प्रधान कार्यालयले जानकारी दिएको छ ।

पाल्पाको माथागडी गाउँपालिका-१ सानडाँडास्थित भुटुके बस्ने ३५ वर्षीया भीमा नेपाली तानसेनबाट घर जाने क्रममा बाटोबाट अन्दाजी २ सय मिटर तल खसेर आइतबार घटनास्थलमै मृत्यु भएको छ ।

यस्तै भोजपुरको षडानन्द नगरपालिका-३ स्थित सिक्तेलटारमा स्थानीय व्यक्तिहरु सिक्तेलटारबाट कुनालुङ जोड्ने गोरेटो बाटो खन्ने क्रममा माथिबाट ढुङ्गा खस्दा ६५ वर्षीय श्रीप्रसाद राईको घटनास्थलमै मृत्यु भएको छ । यस सम्बन्धमा प्रहरीले थप आवश्यक अनुसन्धान गरिरहेको छ ।

तपाईको प्रतिक्रिया
Road Show Real State