एउटै गाउँका चार जनाको करेन्ट लागेर मृत्यु, गाउँ शोकमग्न


Share This


नेपालबहस संवाददाता    

डोटी । आदर्श गाउँपालिका १ चासी गाउँ अहिले शोकमा डुबेको छ । मंगलबार साँझ एउटै गाउँका चार जनाको करेन्ट लागेर ज्यान गएपछि गाउँ शोकमग्न बनेको छ ।

स्थानीय जयबहादुर खड्काको मिल नजिक रहेको विद्युत पोल उखेलेर नयाँ ठाउँमा गाड्ने क्रममा पोल ढलेर विद्युतको तारमा खस्दा करेन्ट लागेर स्थानीय चारजना युवाहरुको घटना स्थलमै ज्यान गएको थियो । करेन्ट लागेर ज्यान गुमाउनेमा त्यही गाउँपालिकाका ३० वर्षीय जयबहादुर खड्का, २३ वर्षीय लोकेन्द्र खड्का, ३५ वर्षीय दिपु खड्का र १९ वर्षीय विरेन्द्र खड्का रहेका छन् ।

दिपायलमा रहेको नेपाल विद्युत प्राधिकरणका प्रमुख बुद्धिनाथ झाले पोल सार्ने जानकारी विद्युत कार्यालयमा नदिँदा यस्तो घटना भएको दावी गरेका छन् ।

उनले भने, ‘११ हजार भोल्टेजको लाइन प्रसारण भएको पोल, आफूखुशी सार्नु नै स्थानीयको गल्ती भयो ।’ करेन्ट लागेर स्थानीय बमबहादुर खड्का घाइते भएका छन् । घाइतेको दिपायलमा रहेको शैलेस्वरी अस्पतालमा उपचार भैरहेको छ भने मृतकहरुको शव पोष्टमार्टमका लागि जिल्ला अस्पताल डोटीमा राखिएको छ ।

तपाईको प्रतिक्रिया