कालिमाटीमा ट्यांकरको ठक्करबाट मोटरसाइकलमा सवारको मृत्यु



नेपालबहस संवाददाता
 




  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

काठमाडौं । बुधबार बिहान कालिमाटीमा तेल बोकेको ट्याङकरको ठक्करबाट मोटरसाइकल पछाडि सवार एक जनाको ज्यान गएको छ ।

आज बिहान विष्णुमति पुल छेउमा तेल बोकेको ना ४ ख २४८ नम्रबको ट्याङकरले बा ३४ प ५४१५ नम्बरको मोटरसाइलकलाई ठक्कर दिएको थियो ।

ट्यांकरको ठक्करबाट दोलखा घर भइ अहिले काठमाडौंको सितापाइला बस्दै आएकी ३२ वर्षकी बबिता थापाको ज्यान गएको प्रहरीले जनाएको छ । ट्यांकरको ठक्करबाट घाइते भएकी थापाको विर अस्पतालमा ज्यान गएको हो ।


  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •