साता दिनदेखि साँढेको आतङ्क, लखेट्न जाँदा ४ जना घाइते


Share This

नेपालबहस संवाददाता    

महोत्तरी । महोत्तरीको बर्दिबास नगरपालिकामा साँढेको आक्रमणमा परी चारजना घाइते भएका छन्। घाइते हुनेमा बर्दिबास नगरपालिका–१४ बस्ने कामेश्वर महतो, उमेश महतो, दिनेश साह सोना र सुरेश साह सोनार रहेका इलाका प्रहरी कार्यालय बर्दिबासले जनाएको छ।

साँढेले विगत एक सातादेखि स्थानीयलाई आक्रमण गर्दै आएको छ। केही घरमा प्रवेश गरेर साँढेले आतङ्क मच्चाउन थालेपछि मंगलबार स्थानीयले लखेट्न जाँदा साँढेले चार जनालाई हानेर घाइते बनाएको हो।

तपाईको प्रतिक्रिया