गुडिरहेको कार अनियन्त्रित भई खस्दा दुई जना घाइते


Share This

नेपालबहस संवाददाता    

चितवन । काठमाडौंबाट दाङ जाँदै गरेको कार आज बिहान जुगेडी पुलबाट तल खस्दा दुई जना घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालयलका अनुसार बिहान ७ बजेतिर बा १७ च २२१ नं को कार आफै अनियन्त्रित भई नारायणगढ मुग्लिन सडक खण्डको जुगेडी पुलबाट तल खसेको हो ।

कारका चालक रामेछाप निवासी २१ वर्षीय एकराज खत्री र कारमा सवार कञ्चनपुर जिल्लाको बेलौलीका ३४ वर्षीय दुर्गाप्रसाद चौधरी घाइते भएका छन् ।

पुरानो मेडिकल कलेजमा उपचार भइरहेको उनीहरूको अवस्था खतरामुक्त रहेको प्रहरीले जनाएको छ ।

तपाईको प्रतिक्रिया