स्विमिङ गर्ने क्रममा बेहोस निना निर्बु शेर्पाको मृत्यु


Share This

नेपालबहस संवाददाता    

काठमाडौं । काठमाडौंको बौद्धमा एकजनाको स्विमिङ गर्ने क्रममा मृत्यु भएको छ। पौडँदा-पौडँदै अचानक बेहोस भएका २२ बर्षीय निना निर्बु शेर्पाको उपचारका क्रममा बिहीबार मृत्यु भएको हो।

बुढानिलकण्ठ नगरपालिका कपन बस्ने सोलुखुम्बु घर भएका शेर्पाको बेहोस भएर मृत्यु भएको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार काठमाडौंको रामहिटीस्थित मण्डला प्यालेसमा रहेको स्विमिङ पुलमा बिहीबार स्विमिङ गर्ने क्रममा शेर्पा बेहोस भएका थिए।

उनलाई तत्काल उपचारका लागि स्तुपा सामुदायिक अस्पताल बौद्धमा लगिएको थियो। अस्पतालका चिकित्सकहरुले उनको मृत्यु भएको घोषणा गरेका थिए।

प्रहरीले उनको मृत्युको कारणका बिषयमा अनुसन्धान गरिरहेको छ।

तपाईको प्रतिक्रिया