करेन्ट लागेर एक जनाको मृत्यु


Share This

नेपालबहस संवाददाता    

काठमाडौं । काठमाडौं महानगरपालिका-१३ सोल्टीमोडस्थित विकास मोटरसाइकल वर्कसपमा काम गर्ने वर्दिया घर भएका २४ वर्षीय मनोज चौधरीको करेन्ट लागेर बिहीबार मृत्यु भएको छ ।

वर्कसपमा मोटरसाइकल धुने क्रममा पानी तान्ने मोटर सर्ट भई करेन्ट लागेर घाइते भएका चौधरीको मनमोहन अस्पताल स्वयम्भूमा उपचारको क्रममा मृत्यु भएको हो।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

तपाईको प्रतिक्रिया