fbpx

आमा ह्योल्मो यात्रुबाहक बस दुर्घटना हुँदा ६ जना घाइते



नेपालबहस संवाददाता
 




सिन्धुपाल्चोक । सिन्धुपाल्चोकको तिपेनिबाट काठमाडौंका लागि छुटेको बा ३ ख ८१४ नंम्बरको आमा ह्योल्मो यातायातको बस आइतबार बेलुका काठमाडौंको जहरसिंङ पौवामा दुर्घटना हुँदा ६ जना घाइते भएका छन् ।

घाइते हुनेहरुमा सागर श्रेष्ठ, अनु थापा, तारा थापा, सन्खा गोले, दिल बहादुर राई र राजन राउत रहेको प्रहरीले जनाएको छ । दुईजनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । सागर श्रेष्ठ र दिल बहादुर राई गम्भीर घाइते भएका छन् ।

घाइतेहरुको सुष्मा कोइराला मेमारियल अस्पताल, साँखु र विर अस्पतालमा उपचार भैरहेको महानगरीय प्रहरी प्रभाग साँखुका प्रहरी निरीक्षक लक्ष्मी पाण्डे खनालले जानकारी दिए। बस चालक र सहचालक भने फरार रहेको र खाजी भैरहेको प्रहरीले जनाएको छ ।