करेन्ट लागेर कोल्टीका दुई जनाको मृत्यु !



नेपालबहस संवाददाता
 




Share This
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

मार्तडी । बाजुराको कोल्टीमा करेन्ट लागेर दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा बूढीनन्दा नगरपालिका–३ मेलढुस्काका ४५ वर्षीया कला बोहरा र ५० वर्षीय बुदे बोहरा रहेका छन् ।

कोल्टीको बड्डीगार्ड खोला लघुजलविद्युत्को तार चुँडिएर खेतमा परेको अवस्थामा बारी गोड्न गएका बेला कलाको मृत्यु भएको होे । मृत्यु भएको जानकारीपछि उद्धारका लागि गएका बुदे बोहरालाई करेन्ट लागेको थियो । उनको पनि घटनास्थलमै ज्यान गएको प्रहरीले जनाएको छ ।

खेतबारीमा काम गर्न गएको बेला पोल ढलेर तार खेतबारीमा फैलिएको अवस्थामा करेन्ट लागेर दुबै जनाको मृत्यु भएको हो । प्रहरीले घटनाबारे थप अनुसन्धान भइरहेको जनाएको छ ।


Share This
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •